Home मुख्य समाचार मनहरीमा ट्याक्टर पल्टिँदा दुई जना घाइते

मनहरीमा ट्याक्टर पल्टिँदा दुई जना घाइते

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–१ चकरीमा ट्याक्टर पल्टिँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान ७ बजेर ३० मिनेटको समयमा हेटौँडाबाट चकरीतर्फ जाँदै गरेको ना १ त ३८०२ नम्बरको ट्याक्टर उकालोमा चढ्दा अचानक ब्याक भई पल्टिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा ट्याक्टर चालक पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–३ झङ्वाका ४० वर्षीय विक्रम राम र ट्याक्टरमा सवार ५५ वर्षीया मिरा महरा चमार घाइते भएका छन् । घाइते दुवैको सिएमसी चुरेहिल अस्पताल मकवानपुर उपचार भई रहेको छ ।

Exit mobile version