त्रिभुवन विमानस्थल हुँदै शनिबार सिंगापुर प्रस्थान गर्नुभएका विवश जंग थापा ।

हेटौँडा : सिंगापुरमा हुने अन्तर्राष्ट्रिय भाषा सम्मेलनमा सहभागी हुन मकवानपुरका विवश जंग थापा शनिबार सिंगापुर प्रस्थान गर्नुभएको छ । यही फागुन २५ गतेदेखि २८ गतेसम्म हुने सम्मेलनमा सहभागी हुन थापा सिंगापुर प्रस्थान गर्नुभएको हो ।

हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसका अंग्रेजी विषयका सहायक–प्राध्यापक थापाले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । अमेरिका, युरोप, एसिया, अफ्रिकाका विभिन्न मुलुकबाट सम्मेलनमा सहभागी हुने बताइएको छ । ६०औं अन्तर्राष्ट्रिय भाषा शिक्षा सम्मेलनमा भाषा शिक्षणसम्बन्धी विश्व प्रवृत्ति र भाषा शिक्षणमा भएका नवप्रवर्तनलाई मूल नारा बनाइएको छ । मकवानपुरका थापाले शिक्षण सिकाईमा पावरपोइन्टको प्रयोगले शिक्षक–विद्यार्थीबीच अन्तरक्रियाको अवसरलाई न्यूनीकरण गर्दै गएकोले पावरपोइन्टको प्रयोग जरुरी नहुने सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

नेपालबाट मकवानपुरका थापासँगै अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेल्टाका राष्ट्रिय अध्यक्ष लक्ष्मण ज्ञवाली पनि सिंगापुर जाँदै हुनुहुन्छ । मकवानपुरका थापा यसअघि अमेरिका र बंगलादेश पनि पुग्नुभएको छ । अमेरिकामा भर्चुअल माध्यमबाट दुई भन्दा बढी देशका विद्यार्थीबीच साँस्कृतिक एवम् शैक्षिक सिकाई आदानप्रदाान गर्ने सन्दर्भमा सहभागी हुनुभएको थियो भने भाषा सिकाईको प्रभावकारिताका लागि स्क्राबलको प्रवद्र्धन गर्ने अवधारणाका लागि बंगलादेश पुग्नुभएको थियो । मकवानपुर स्क्राबल क्लबका संयोजक थापा स्क्राबल खेलको प्रशिक्षक समेत हुनुहुन्छ ।