Home मुख्य समाचार आशा विशेष पाठशाला तथा पुनव्र्यवस्थापन केन्द्रलाई खाद्यान्न सहयोग

आशा विशेष पाठशाला तथा पुनव्र्यवस्थापन केन्द्रलाई खाद्यान्न सहयोग

केन्द्रलाई सहयोग भएको खाद्यान्न सामग्री

हेटौँडा : मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघले खाद्यान्न सहयोग गरेको छ । शनिबार आशा विशेष पाठशाला तथा पूनव्र्यवस्थापन केन्द्रलाई खाद्यान्न सामग्री सहयोग गरेको मकवानपुर अधिकृत विक्रेता संघका अध्यक्ष राजेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

संघलाई पाठशालाले खाद्यान्न अभाव भएको भनी माग आएकाले केन्द्रलाई खाद्यान्न सामग्री सहयोग गरेको अध्यक्ष लामिछानेले बताउनुभयो । खाद्यान्न सामग्री अन्तर्गत चामल, दाल, तेल, बिस्कुट लगायतका सामग्रीहरू ३० हजार रुपैयाँ बराबरको सहयोग गरेको छ । अध्यक्ष लामिछानेसहित संघका पदाधिकारीले आशा विशेष पाठशाला व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चौलागाईंलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । संघले विविध अवसर पारेर बाल आश्रम, मानवसेवा आश्रमलगायतलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएको छ ।

खाद्यान्न वितरण कार्यक्रममा संघका पूर्वअध्यक्ष चक्रधर विडारी, पवन अग्रवाल, सल्लाहकार माधव ज्ञवाली, महासचिव सुदर्शन पाठक, सचिव बालकुमारी गौतम, सदस्यहरू सरोज शिवाकोटी, सरोज घिमिरे, दिपेश महर्जन, सर्मेन्द्र पौडेल, अनिल मानन्धर, सूर्य पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

पुनव्र्यवस्थापना केन्द्रमा २५ जना विद्यार्थी रहेका छन् भने ८८ जना स्कुलमा अध्ययनरत छन् । केन्द्रले सञ्चालन गरेको विद्यालय हरियाली चौकी पछाडि रहेको छ भने होस्टेल हेटौँडा–६ स्थित रामनगरमा रहेको छ । केन्द्रमा अटिजम, सिपि, डाउन सिन्ड्रम भएका विद्यार्थीहरू अध्ययनरत छन् ।

Exit mobile version