Home मुख्य समाचार सवारी दुर्घटनामा २ जिल्लामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा २ जिल्लामा २ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र सिन्धुपाल्चोक जिल्लामा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२५ छहारीचोकमा बोलेरोको ठक्करबाट घाइते भएका साइकल चालक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजेको समयमा अमृतचोकबाट चनौलीतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च १०७७ नम्बरको बोलेरोले साइकललाई ठक्कर दिएको थियो । बोलेरको ठक्करबाट भरतपुर–२० बस्ने ६५ वर्षीय रामकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते श्रेष्ठलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा शुक्रबार दिउँसो ३ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६, अमलटारमा ट्रकको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । शुक्रबार राती सडको छेउमा ३५ वर्षीय प्रदिप नेपाली गम्भिर घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि बाह्रबिसे नगर अस्पताल लिएको थियो । उनको शनिबार बिहान १ बजेर २० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको डाक्टरले घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न बा.प्र.–०१–००६ ख. ३४०५ नम्बरको ट्रक र चालकलाई बाह्रबिसे–४ का ३४ वर्षीय अर्जुन न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

Exit mobile version