सांकेतिक तस्वीर ।

हेटौँडा : धादिङ जिल्लामा चट्याङ परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो ४ बजेको समयमा त्रिपुरासुन्दरी गाउँपालिका–३, खुर्सानिटारमा घर नजिकै चट्याङ पर्दा स्थानीय सम्झना थापा मगरको घरमा आएका पाहुनाहरु घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

घाइतेहरुलाई उपचारका लागि आरुघाट स्वास्थ्य केन्द्र गोरखा पठाइएको थियो । गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–८ की १३ वर्षीया विनिसा घर्ती मगरलाई मंगलबार साँझ ५ बजेर १४ मिनेटको समयमा डाक्टरले मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ । यसैगरी मृत्तक मगरकी दिदी १५ वर्षीया दीक्षा घर्ती मगर र भिमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापा मगर चट्याङ लागेर घाइते भएका छन् । घाइतेहरुको आरुघाट स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी जनाएको छ ।