हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–८, लामोसाँघुमा बाटोबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय रमेश तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार राती ८ बजेर ३० मिनेटको समयमा बाटोबाट १५ फिट तल लडेर घटनास्थलमा नै मृत्यु भएका थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि बाह्रबिसे नगरपालिका अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।










