हेटौँडा : मदन भण्डारी राजमार्ग अन्तर्गत हेटौँडा–सिन्धुली सडकखण्डको बागमती–८, तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोमबार राती ८ बजेर ५० मिनेटको समयमा फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल सडक छेउको नालामा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक हुँदा मकवानपुरको बकैया गाउँपालिका–८, बस्तिपुरका ४० वर्षीय प्रेमबहादुर गोले गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा सोमबार राती ९ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
