हेटौँडाः हेटौँडामा मोटरसाइकल खरिदकर्ताकाहरुका लागि ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ सुरु भएको छ । होराइजन अटो प्रालिको आयोजनामा आइतबारदेखि मेला सुरु भएको हो ।
एक्सचेन्ज मेलाबाट ग्राहकहरुले सजिलो र सहज तरिकाले नयाँ मोटरसाइकल खरिद गर्ने अवसर पाउने आयोजकको विश्वास छ । मेलामा पुरानो मोटरसाइकल साटेर बजाज कम्पनीको नयाँ मोटरसाइकल खरिद गर्न पाइनेछ । मोटरसाइकल खरिद गर्दा बिना कुनै सेवा शुल्क तत्काल फाइनान्सको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दा अतिरिक्त मूल्याङ्कनबाट ८ हजार रुपैयाँ छुटका साथै आकर्षक नगद छुट र निःशुल्क सामानहरुको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । हेटौँडा मेनरोडमा रहेको कफी बार परिसरमा आयोजित मेला शुक्रबारसम्म रहनेछ ।
