Home मुख्य समाचार मकवानपुर जिल्लास्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता हुने

मकवानपुर जिल्लास्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता हुने

हेटौँडा : विज्ञान शिक्षक समाज नेपाल, मकवानपुरको आयोजनामा जिल्लास्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ । हेटौँडा–१० नम्बर वडा कार्यालयको सहकार्यमा फागुन १६ गते प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

एसईई दिने विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा एउटा विद्यालयबाट कक्षा १० मा अध्ययनरत दुई जना विद्यार्थी सहभागी हुन पाउने छन् । सहभागी टोलीहरू मध्ये पहिलो चरणमा उत्कृष्ट ८ वटा समूह छनोट गरिनेछ । हेटौँडा उपमहानगरपालिका र अन्य ९ वटा पालिकाबाट छुट्टाछुट्टै समूहहरू छनोट गरिने छ । प्रतियोगितामा विज्ञान विषयको एसईई परीक्षामा सहयोग पुग्ने गरी प्रश्नहरु सोधिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै छनोट चरणमा सफल अन्य समूहलाई प्रतिसमूह १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । इच्छुक विद्यालयले फागुन १३ गते बेलुका ५ बजेसम्म समूह दर्ता गराउन पाउने छ । प्रतियोगिता हेटौँडा–२, स्थित बालजागृति इङ्गलिस सेकेण्डरी स्कुलमा सञ्चालन हुनेछ ।

Exit mobile version