हेटौँडा : हेटौँडा–१९ सान्नानटारस्थित पूर्व–पश्चिम सडक खण्डमा ट्रिपर ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजेर २० मिनेटको समयमा मनहरीबाट हेटौडा आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको ट्रिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही जिल्लाका २८ वर्षीय जगदीश थारुलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलको पछाडि सवार दाङ जिल्लाको राप्ती–६ का २२ वर्षीय आदित्य चौधरी मध्यम घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । ट्रिपर चालक हेटौँडा–१५ भोर्लेका २६ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।