हेटौँडा : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । आउँदो बैशाख १४ गतेदेखि सुरु हुने गरी बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा २०८३ साल बैशाख १४ गते सुरु भई बैशाख २७ गते समाप्त हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । बैशाख १४ गते अर्थात पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।