हेटौंडा–५, पिप्लेमा निर्माणाधीन कभर्डहल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष चन्द्र शाहीले हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्डहलका लागि सात हजार रुपैयाँ सहयोग गर्नुभएको छ । नगर खेलकुद विकास समितिको अध्यक्ष नियुक्त हुनुभएपछि पहिलो कार्यको रुपमा कभर्डहलका लागि सहयोग गरिएको शाहीले बताउनुभएको छ ।

सहयोगी चन्द्र शाही ।

आगामी दिनमा नगरको खेलकुदको विकासका लागि उल्लेखनीय कार्य गर्ने उहाँको भनाइ छ । पिप्ले युवा क्लबको सक्रियतामा हेटौंडा–५, पिप्लेमा बहुउद्देश्यीय कभर्डहल निर्माणको अन्तिम चरणमा पुगेको छ । कभर्डहल निर्माणका लागि हरेकदिन विभिन्न व्यक्ति तथा संघ, संस्थाको सहयोग महत्वपूर्ण रहँदै आएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ ।