गुगल तस्विर ।

हेटौंडाः कोरोना भाइरस सङ्क्रमित हेटौंडा–५, सानोपोखराकी ४९ वर्षीया एक महिलाको आज बिहान मृत्यु भएको छ । मिर्गौला रोगले पीडित समेत रहनुभएकी महिलाको आज बिहान चितवनको शिक्षण अस्पताल (मेडिकल कलेज) मा मृत्यु भएको हो । कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

डायलासिस गर्नका लागि साउन २७ गते चितवन मेडिकल कलेज लगिएको यिथो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । हेटौंडा–५, सानोपोखरा निवासी महिला हेटौंडा–१९, बस्तीपुरस्थित विद्यालयमा प्रावि द्वितीय श्रेणाीको स्थायी शिक्षक स्काउटको राष्ट्रिय प्रशिक्षक समेत हुनुहुन्थ्यो । यससँगै मकवानपुरमा कोरोना भाइरस सङक्रमित भई मृत्यु हुनेको सङख्या ५ पुगेको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा एकजना पुरुष, वडा नम्बर ४ मा एकजना पुरुष, वडा नम्बर ५ मा एकजना महिला र वडा नम्बर १९ मा दुईजना महिलाको मृत्यु भएको र उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।