हेटौंडाः हेटौंडा–५, नवीनटोलका यूवाले स्थानीय संसारीमाई मन्दिर क्षेत्र वरपर विभिन्न प्रजातिका वृक्षरोपण गरेका छन् । मन्दिर क्षेत्रमा धुपी, गुलमर, बेल लगायतका बिरुवा रोपिएको हो । स्थानीय युवा नेता ईश्वर ढुङ्गानाले मन्दिर संरक्षण तथा विकासका लागि सघाउ पुर्याउने उद्देश्यले आवश्यक बिरुवा उपलब्ध गराउनुभएको हो ।
मन्दिरक्षेत्रलाई धार्मिक, पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना अन्तर्गत वृक्षरोपण कार्यका लागि आवश्यक विरुवा उपलब्ध गराएको युवा नेता ढुङ्गानाले बताउनुभएको छ । स्थानीय युवा तथा टोलबासीको सक्रियतामा अहिले वृक्षरोपण गरी मन्दिर क्षेत्रमा विकासको शुभारम्भ गरिएको गीतकार तथा संगीतकार राम कार्कीले बताउनुभयो । धामी, झाँक्रीले आफ्नो इष्ट देवताका रुपमा लिने गरेकाले संसारीमाई मन्दिरको उचित संरक्षण तथा व्यवस्थापन गर्दै धार्मिक पर्यटकीय विकास गर्न आफूहरु योजनाबद्ध रुपमा लागीपरेको कार्कीले बताउनुभएको छ ।