Home खेलकुद इन्द्रसरोवरमा राष्ट्रपति रनिङ शिल्डबत्सलादेवी माविले उपाधि जित्यो

इन्द्रसरोवरमा राष्ट्रपति रनिङ शिल्डबत्सलादेवी माविले उपाधि जित्यो

उपाधिसहित बत्सलादेवी माविको टिम ।

हेटौँडा: मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बत्सलादेवी माध्यमिक विद्यालयले जितेको छ । बुधबार सम्पन्न प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ६ कास्य पदकसहित बत्सलादेवी मावि प्रथम भएको इन्द्रसरोवर गाउँपलिकाको शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो ।

प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित कालिका माध्यमिक विद्यालय दोस्रो र ५ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित महाचुनी माध्यमिक विद्यालय तेस्रो भएको छ ।

गाउँपालिकाले सोमबारदेखि बुधबारसम्म आयोजना गरेको प्रतियोगितामा एथ्लेटिक्स विधाका विभिन्न खेलहरु भएको थियो । बुधबार गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाको उपस्थिति रहेको थियो ।

Exit mobile version