हेटौँडा : नेपाल राष्ट्रिय कर्मचारी संगठनको १९औं स्थापना स्थापना दिवसको अवसरमा संगठनको मकवानपुर जिल्ला कमिटीले बालगृहलाई सहयोग गरेको छ । बुधबार हेटौँडा–५ स्थित हाम्रोघर बालगृहमा आश्रित बालबालिकाका लागि १० हजार ५ रुपैयाँ सहयोग गरिएको हो ।
संगठनका केन्द्रिय सदस्य बसन्तराज गौतम र रमेश दुलाल, बागमती प्रदेश कमिटीका उपाध्यक्ष राजु अर्याल, जिल्ला अध्यक्ष बसन्त कुमार सिटौला, नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संगठन मकवानपुर जिल्ला अध्यक्ष महेश अर्याल लगायतको उपस्थितिमा हाम्रोघर बालगृहकी अध्यक्ष ईन्दिरा न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।
