Home मुख्य समाचार १९ जनाले रक्तदान गरे

१९ जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदान ।

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा रहेको महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदानमा १९ जनाले रक्तदान गरेका छन् । मंगलबार संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम भएको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

रक्तदान कार्याक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । दैनिकजसो रक्तदान कार्यक्रम भएकाले केन्द्रमा अहिले रगत अभाव नरहेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो । माघ २४ गते हेटौँडा–५, पिप्लेस्थित बालज्योति मावि, २५ गते हेटौँडा–८ कमानेमा रहेको आरएन केमिकल, २६ गते निजगढ र २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको आयोजनामा रक्तदान हुने प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।

Exit mobile version