रचत महोत्सवको समापन समारोहमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

हेटौैँडा : हेटौँडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सहकारीमार्फत नै सञ्चालन भइरहेको जीएस निकेतनको रजत महोत्सव आइतबार सम्पन्न भएको छ । तीन दिन विविध कार्यक्रम गरी ज्ञानदीपले रजत महोत्सव आयोजना गरेको हो ।

सहकारी सञ्चालक समितिका अध्यक्ष ऋषिराम पोखरेलको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यमा समापन समारोह भएको हो । रजत महोत्सवको उद्घाटन समारोह बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको थियो । समापन समारोहमा सहकारीका संस्थापकलाई सम्मान गरिएको छ ।

रजत महोत्सवको अवसरमा आइतबार विहान रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । ज्ञानदीपले रजत महोत्सवको अवसरमा विविध क्रियाकलाप गरेको थियो । समापन समारोहमा विद्यालयका प्रिन्सिपल इश्वरप्रसाद लामिछानेले विद्यालयको शैक्षिक अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।