Home मुख्य समाचार १८ जनाले रक्तदान गरे

१८ जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः दिव्यतारा बहुउदेश्य सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । शुक्रबार हेटौँडा–२ स्थित हेटौँडाको पहिलो रेडियो रेडियो मकवानपुर १०१.३ मेगाहर्जको १६ औँ वार्षिकोत्सव र सहकारीको २८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको थियो ।

रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । केन्द्रमा अहिले ए पोजेटिभ ग्रुपको रगतको अभाव रहेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । आइतबार ज्ञानदिप शिक्षा निकेतन (जिएस) को आयोजनामा र २० गते भिमफेदी गाउँपालिकामा एक सहकारीको आयोजनामा रक्तदान कार्यक्रम रहेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।

Exit mobile version