Home मुख्य समाचार मोटरसाइकल र स्कुटर ठोक्किँदा ६ जना घाइते

मोटरसाइकल र स्कुटर ठोक्किँदा ६ जना घाइते

सांकेतिक तस्वीर ।

हेटौँडाः हेटौँडा–६, गौरीटारमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा ६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । शनिबार कमाने–हटिया भित्री सडकखण्डमा हटियातर्फबाट हरियालीतर्फ जाँदै गरेको बा प्र ०३–००४ प ९९८८ नम्बरको स्कुटर दाहिनेतर्फ मोड्ने क्रममा सोही दिशामा जाँदै गरेको ना ४५ प ९६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा दुबै गाडीमा सवार ६ जना घाइते भएका हुन् । घाइतेहरुमध्ये स्कुटर चालक हेटौँडा–६, रामनगर बस्ने २१ वर्षीय सुदीप गौतम, स्कुटरमा पछाडि सवार चालककी आमा ४४ वर्षीया सावित्री गौतम र चालकका बुवा ४७ वर्षीय हरि गौतमको हेटौँडा अस्पताल उपचार भइरहेको छ । यसैगरी, मोटरसाइकल चालक हेटौँडा–१६ का असुन घलान, पछाडि सवार १६ वर्षीय आदेश घलान र १७ वर्षीय अनमोल थापाको सोही स्थानको राजु मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरको नियन्त्रणमा रहेको छ ।

Exit mobile version