हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित हेटौँडाबाट ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार विभिन्न स्थानबाट उनीहरुलाई ७ ग्राम २०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
प्रहरीले हेटौँडा–२ का २१ वर्षीय विकास परियारलाई ३ ग्राम ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो । हेटौँडा–४ का २१ वर्षीय विनोद ढुङ्गानालाई ३ ग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै प्रहरीले हेटौँडा–११ का २२ वर्षीय छिरिङ लो र हेटौँडा–१९ का २९ वर्षीय विनोद राज जिम्बालाई ०.२५० मिलिग्राम खैरो हेरोइन, हेटौँडा–१७, ठूलोगंगटेका २४ वर्षीय योएल प्रजा र २९ वर्षीय प्रेम बहादुर प्रजाको साथबाट ०.२०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले उल्लेख गरेको छ । उनीहरुलाई हिरासतमै राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि प्रहरीले बिहीबार पनि लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको थियो ।
