हेटौँडा : मकवानपुर प्रहरीले अवैध रुपमा ल्याइएका ७ वटा चौपाया (गोरु) नियन्त्रणमा लिएको छ । शनिबार मनहरी–६ स्थित सुनाचुरी चेकपोष्टबाट गोरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दिउँसो १ बजेर ३० मिनेटको समयमा पूर्वपश्चिम राजमार्गमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ख १२२० नम्बरको मिनि ट्रकलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा ट्रकमा अबैध रुपमा ल्याइएका ७ वटा चौपाया (गोरु) फेला परेको प्रहरीले जानकारी दिएको छ । गोरुसहित ट्रक चालक हेटौँडा–१५ का २५ वर्षीय अखिल भण्डारी र सहचालक मनहरी–७ का ४२ वर्षीय खडक बहादुर बिश्वकर्मालाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र हेटौँडा पठाएको प्रहरीले जनाएको छ ।











