हेटौँडा : निर्वाचन प्रहरीको आवेदन दोस्रो खुल्ला भएको छ । शनिबार र आइतबार दुई दिनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीले जानकारी दिनुभयो ।
बोगटीका अनुसार पहिला खुला भएको आवेदनमा २ हजार एक सय ६६ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये अन्तर्वार्ता, लिखित र फिजिकलमा गरी ३ सय जना अनुपस्थित भएका थिए । मकवानपुरमा एक हजार ९२३ जना निर्वाचन प्रहरीको आवश्यकता रहेको छ । बोगटीका अनुसार आवश्यक संख्यामा भर्ना गर्न तथा वैकल्पिक उम्मेदवारको सूचि पनि तयार राख्नका लागि पुनः आवेदन खुला गरिएको हो ।











