प्रथम हुन सफल सनसाइन इंग्लिस बोर्डिङ स्कूलका विद्यार्थीलाई पुरस्कार वितरण गरिँदै ।

हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ज्ञानदीप शिक्षा (जीएस) निकेतनको रजत महोत्सवको अवसरमा आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–३ स्थित सनसाइन इंग्लिस बोर्डिङ स्कूल प्रथम भएको छ ।

शनिबार जीएस निकेतन परिसरमा भएको प्रतियोगितामा हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमी द्वितीय भएको छ भने हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कूल तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । नगरस्तरीय प्रतियोगितामा संस्थागत र सामुदायिक गरी १० वटा विद्यालयको सहभागिता रहेको थियो ।