Home मुख्य समाचार श्रमिक माविमा ३९ नयाँ विद्यार्थीको अक्षरारम्भ

श्रमिक माविमा ३९ नयाँ विद्यार्थीको अक्षरारम्भ

अक्षरारम्भ गराउनुहुँदै वडाध्यक्ष नवीन सिग्देल ।

हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा ३९ जना नयाँ विद्यार्थीले अक्षरारम्भ गरेका छन् । शुक्रबार सरस्वती पूजाको अवसरमा विद्यालयले आयोजना गरेको अक्षरारम्भ कार्यक्रममा ३९ जना नयाँ विद्यार्थी भर्ना भएका प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभयो ।

वडाध्यक्ष नवीन सिग्देलले विद्यार्थीलाई अक्षरारम्भ गराउनुभएको थियो । अक्षरारम्भ गरेका विद्यार्थीलाई विद्यालयले कापी र कलम उपहार प्रदान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र बास्ताकोटी, पूर्वविद्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठको उपस्थितिमा अक्षरारम्भ गराउनुका साथै सरस्वती पूरा गरिएको थियो ।

सरस्वती पूजामा शिक्षक, विद्यार्थी सहभागी थिए । विद्यार्थीकै सहभागितामा प्रसाद वितरण गरिएको थियो । श्रमिक माध्यमिक विद्यालयमा सेवानिवृत्त हुने समयमा शिक्षक बलराम राना मगरले सरस्वती मन्दिर निर्माण गरिदिनुभएको थियो । सरस्वती पूजामा सेवानिवृत्त शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।

Exit mobile version