Home मुख्य समाचार प्रलोपाबाट मकवानपुर क्षेत्र नम्बर– १ मा तेजप्रसाद र २ मा सन्तोषको उम्मेदवारी...

प्रलोपाबाट मकवानपुर क्षेत्र नम्बर– १ मा तेजप्रसाद र २ मा सन्तोषको उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ता गराउनुभएका तेजप्रसाद र सन्तोष

हेटौँडा : आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तेज प्रसाद उप्रेती (रमेश) ले मनोनयन दर्ता गर्नुभएको छ । उहाँको प्रस्तावक राजेन्द्र सिंखडा र समर्थक केदार अधिकारी रहनुभएको छ ।

त्यस्तै मकवानपुर क्षेत्र नम्बर–२ बाट सन्तोष विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावक विष्णु हरि ढकाल र समर्थक प्रलोक पाण्डे रहनु्भएको छ ।

Exit mobile version