हेटौंडाः बागमती प्रदेशको १३ जिल्लामध्ये धेरै कोरोना भाइरसको सङ्क्रमण पहिचान भएका जिल्लाहरुमध्ये मकवानपुर चौथो स्थानमा छ । मकवानपुर जिल्लामा हालसम्म ४ सय ४ जनामा कोरोना पुष्टि भैसकेको छ । मकवानपुर जिल्लाबाट हालसम्म ४ हजार ८ सय १० स्वाबको नमूना सङ्कलन गरी परिक्षण भएका छन् ।

बागमती प्रदेशमा हिजो सम्म ५ हजार ५ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बागमती प्रदेशको १३ जिल्लामा सबैभन्दा बढी काठमाडौंमा ३ हजार १ सय ८७, ललिपुरमा ५ सय ९, चितवनमा ४ सय ५२, मकवानपुरमा ४ सय ४, भक्तपुरमा ३ सय २५, धादिङमा १ सय ८५, काभ्रेमा १ सय ४८, सिन्धुपाल्चोकमा ९७, नुवाकोटमा ७८, सिन्धुलीमा ६५, रामेछापमा ६०, दोलखानमा ४६ जनामा र रसुवामा सबैभन्दा कम १७ जनामा कोराना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ । हिजो बागमती प्रदेशको सामाजिक विकास मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार बागमती प्रदेशमा हालसम्म ३७ जनाको कोरोनाका कारण ज्यान गएको छ ।