हेटौँडा : नेपाल जुडो महासंघको आयोजनामा बीसौं राष्ट्रिय जुडो प्रतियोगिता हेटौँडामा सुरु भएको छ । पूर्व जुडो खेलाडी एवम् बागमती प्रदेश सभा सदस्य नुरज बज्राचार्यले आइतबार प्रतियोगिता उद्घाटन गर्नुभयो ।
प्रतियोगिता हेटौँडा–४ स्थित कभर्डहलमा हुँदैछ । सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ गरी १० वटा टिमको ७८ जना पुरुष खेलाडी र ६३ जना महिला खेलाडीको सहभागिता रहने छ ।











