
हेटौँडा : जेसीआई हेटौँडा लेडीको अध्यक्षमा नम्रता श्रेष्ठ पदस्थापित हुनुभएको छ । शनिबार बिहान हेटौँडामा भएको पदस्थापन समारोहमा जेसीआई हेटौँडा लेडीको वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष श्रेष्ठ पदस्थापित हुनुभएको हो ।
यसअघि साधारण सभाबाट श्रेष्ठको नेतृत्वमा कार्यकारिणी उपाध्यक्षमा कुशु पण्डित र दिप्ती अधिकारी, उपाध्यक्षमा समीरा परियार, सृष्टी चौलागाई, चन्द्रकला महतो र सञ्जीता घलान निर्वाचित हुनुभएको थियो । शनिबार पदस्थापन समारोहमा अध्यक्ष श्रेष्ठले महासचिवमा रञ्जीता पुडासैनी, कोषाध्यक्षमा सुनिता लुइटेल, कानूनी सल्लाहकारमा इन्दिरा बानियाँलाई नियुक्त गर्नुभएको थियो ।

जेसीआई हेटौँडा लेडी वर्ष २०२५ की अध्यक्ष अस्मिता न्यौपानेको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेको प्रमुख आतिथ्यमा पदस्थापन समारोह भएको हो । पदस्थापन समारोहमा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष विकेश लाल श्रेष्ठ, नेपाल जेसीजको क्षेत्र ‘ख’ का लागि निरुपित कार्यकारिणी उपाध्यक्ष स्वप्न पौडेल, उपाध्यक्ष दिपेश बराइली, नेपाल जेसीजका पूर्वअध्यक्ष राजेशमोहन प्रधान, जेसीआई हेटौँडा लेडीका पूर्वअध्यक्षहरु रश्मि बस्नेत र सुशीला पौडेलको पनि आतिथ्य रहेको थियो ।










