हेटौँडा : भारतीय कम्पनि महिन्द्राले उत्पादन गरेको विद्युतीय कार शुक्रबार हेटौँडामा सार्वजनिक गरिएको छ । महिन्द्रा कम्पनिका उत्पादनको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेट प्रालिको हेटौँडास्थित शोरुममा कार सार्वजनिक गरिएको हो । महिन्द्राको दुईवटा मोडल बीइ ६ र एक्स इभी ९ इ सार्वजनिक गरिएको हो ।
महिन्द्राको विद्युतीय उत्पादनका प्रमुख सागर भट्टराईले पूर्णतः विद्युतीय गाडीको रुपमा पहिलो पटक निर्माण भएको २ वटा मोडल सार्वजनिक गरिउको जानकारी दिनुभयो । सार्वजनिक भएको एक्स ईभी ९ इ र बीई ६ मोडल भारतमा उत्पादन भएका मध्ये सुरक्षित विद्युतीय गाडीको रुपमा रहेको भट्टराईले दावी गर्नुभयो । नेपालको सबैखाले भुगोलमा चलाएर हेरिएका यी दुई मोडल छिजो र सहजै चार्ज हुने दावी पनि उहाँको थियो । बीई ६ मोडलमा ५७ लाखदेखि ६८ लाखसम्म र एक्स ईभी ९ ई मोडलमा ६९ लाखदेखि ९५ लाख रुपैयाँसम्मका ६ वटा भेरियन्टका ८ वटा कलरमा कारहरु तयार गरिएको उहाँको भनाई छ ।
अग्नि इन्कर्पोरेटकी मार्केटिङ हेड सन्तोषी नेपालले महिन्द्रा कम्पनिकै अन्य कार तथा जीपको उच्चतम् मूल्य कायम गरी सटहीको समेत सुविगधा रहेको र ६० प्रतिशतसम्म फाइनान्सको सुविधा रहेको उल्लेख गर्नुभएको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको पनि आतिथ्य रहेको थियो ।











