Home मुख्य समाचार सन् २०२५ मा प्रेस स्वतन्त्रता हनन्का १२१ घटना

सन् २०२५ मा प्रेस स्वतन्त्रता हनन्का १२१ घटना

प्रेस काउन्सिलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएका घटना विवरण ।

हेटौँडा : प्रेस काउन्सिल नेपालले पछिल्लो सन् २०२५ मा प्रेस स्वतन्त्रता हनन्का १२१ घटना भएको जनाएको छ । सोमबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले जारी गर्नुभएको विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।

काउन्सिलमा दर्ता भएका निवेदन तथा नियमित अनुगमनका आधारमा सन् २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्म प्रेस स्वतन्त्रता हनन्का १२१ घटना भएका छन् । काउन्सिलका अनुसार सबैभन्दा बढी घटना धम्की÷दबाबका ५० वटा घटना अभिखेल गरिएको छ । त्यस्तै कुटपिट÷आक्रमणका ३७, पेशागत असुरक्षाका १५, कब्जा÷अवरोधका ९, पक्राउ÷पक्राउ प्रयासका ५, शङ्कास्पद मृत्युका २, नीतिगत बन्देजका २, लैङ्गिक हिंसाका एउटा रहेका छन् ।

प्रदेशगत रूपमा बागमती प्रदेशमा सबैभन्दा बढी ६२ वटा घटना भएका छन् । त्यसपछि मधेश प्रदेशमा २७, सुदूरपश्चिममा ८, कोशीमा ७, लुम्बिनी र गण्डकीमा ६/६ तथा कर्णाली प्रदेशमा ५ घटना भएका छन् । घटनामा १९० पुरुष र १० महिला गरी २ सय जना पत्रकार तथा सञ्चारकर्मी प्रभावित भएका प्रेस काउन्सिल नेपालले जनाएको छ । यसअघि प्रेस स्वतन्त्रता दुरुपयोगका १० वटा घटना भएका छन् । घटना बागमतीमा ५, मधेशमा ४ र कर्णाली प्रदेशमा एउटा घटना भएको छ ।

Exit mobile version