हेटौँडा : झरना साहित्यिक परिवार मकवानपुरले पुस महिनाको नियमित मासिक कार्यक्रम अन्तर्गत आइतबार मकवानपुरको ऐतिहासिक स्थल ढुङ्गेगढीमा ‘बदामसँग कविता’ कार्यक्रम सम्पन्न गरेको छ । झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षता तथा महाकाव्यकार मुना अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
साहित्यकार रमेशमोहन अधिकारी र समीक्षक घनश्याम घिमिरेको विशेष आतिथ्य रहेको कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटासहित एक दर्जन भन्दा बढी साहित्यकारहरुले रचना वाचन गर्नुभएको थियो । हेटौँडाबाट २० किलोमिटर पूर्वमा रहेको कार्यक्रमस्थलसम्म ज्ञानोदय बालबाटिका आवसीय माध्यमिक विद्यालयले बस उपलब्ध गराएको थियो ।











