Home मुख्य समाचार बागमतीका १६ जना उपसचिवको एकसाथ सरुवा

बागमतीका १६ जना उपसचिवको एकसाथ सरुवा

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।

हेटौँडा : बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका १६ जना नवौँ तहका अधिकृत (उपसचिव) हरुको एकसाथ सरुवा गरेको छ । प्रदेश सरकारको २०८२ पुस २३ गतेको निर्णयानुसार विभिन्न मन्त्रालय, निर्देशनालय तथा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।

प्रदेश सरकारले प्रशासनिक कामलाई थप प्रभावकारी बनाउन र सेवा प्रवाहलाई चुस्त राख्न यो नियमित सरुवा गरिएको जनाएको छ । सरुवा हुनेहरुमा आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग पर्यटन, यातायात व्यवस्था कार्यालय लगायतका अधिकृतहरु रहेका छन् । प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयका श्रीकृष्ण आचार्यलाई उद्योग तथा वाणिज्य कार्यालय काठमाडौँ पठाएको छ भने उद्योग तथा वाणिज्य कार्यालय काठमाडौँका यादवनाथ आचार्यलाई उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडामा सरुवा गरेको छ ।

यातायात व्यवस्था कार्यालय कलंकीका रीता यादवलाई प्रदेश सुशासन केन्द्र ललितपुर र सामाजिक विकास मन्त्रालयका अमृत अधिकारीलाई यातायात व्यवस्था कार्यालय चितवन, स्वास्थ्य मन्त्रालय मकवानपुरका कुमार पोखरेललाई प्रदेश सभा सचिवालय हेटौँडा र प्रदेश सभा सचिवालयमा कार्यरत विनोद प्रधानलाई संस्कृति तथा पर्यटन मन्त्रालयमा जिम्मेवारी दिइएको छ । यस्तै, श्रम रोजगार तथा यातायात मन्त्रालयका विमल भट्टराईलाई यातायात व्यवस्था कार्यालय हेटौँडा र प्रविण श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयमा ल्याइएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयका प्रकाश अधिकारीलाई यातायात व्यवस्था कार्यालय, राधे राधे, भक्तपुरको प्रमुखमा सरुवा गरिएको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरका पुष्कर चन्द्र घिमिरेलाई सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सुरेश खनाललाई यातायात व्यवस्था कार्यालय, कलंकी, प्रदेश सुशासन केन्द्र ललितपुरका नुमानन्द अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, यातायात व्यवस्था कार्यालय चितवनका विष्णु कुमार भट्टराईलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौँडा, यातायात व्यवस्था कार्यालय, खुर्कोट, सिन्धुलीमा कार्यरत तारा किरण राईलाई उद्योग तथा वाणिज्य कार्यालय, ललितपुर, यातायात व्यवस्था कार्यालय, राधे राधे, भक्तपुरका डण्ड बहादुर बस्नेतलाई प्रदेश सभा सचिवालय, हेटौँडा, उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरका सन्तोष मोक्तानलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।

Exit mobile version