Home मुख्य समाचार इन्द्रसरोवरमा भ्यान र मोटरसाइकल दुर्घटना एक जना घाइते

इन्द्रसरोवरमा भ्यान र मोटरसाइकल दुर्घटना एक जना घाइते

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । शनिबार इन्द्रसरोवर–२, रातोमाटेमा मोटरसाइकल र भ्यान एकआपसमा ठोक्किदा एक जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिनुभयो ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको क १ प ४११ नम्बरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०९३२ नम्बरको भ्यान आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा पछाडी सवार जाजरकोटको कुसे गाउँपालिका–८ का २४ वर्षीय ज्ञानु सिंह ठकुरी घाइते भएका हुन् । उनको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । भ्यान चालक बारा जिल्लाको फेटा गाउँपालिका–६ का २६ वर्षीय मोहमद नरसिंह र मोटरसाइकल चालक कुसे–८ कै मानबहादुर सिंह ठकुरी उपचारमा संलग्न छन् ।

Exit mobile version