Home मुख्य समाचार हेटौँडा उपमहानगरको नगर सभा आज

हेटौँडा उपमहानगरको नगर सभा आज

हेटौँडा उपमहानगरपालिका ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको नगर सभा आज शुक्रबार हुने भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले नगर सभाको मिति तय गरेको हो । यसअघि पुस ११ गतेका लागि तय भएको नगर सभा स्थगित गरिएको थियो ।

बजेट संशोधनमा सहमति हुन नसकेपछि पुस ११ गतेका लागि तय भएको नगर सभा स्थगित भएको हो । जेन जी आन्दोलनका क्रममा हेटौँडा उपमहानगरपालिकाको कार्यालयसहित वडा कार्यालयहरुमा समेत क्षति भएपछि चालु आर्थिक वर्षको बजेट कटौति गर्नुपर्ने अवस्था आएको हो । अनुमानित आयका क्षेत्र पनि कमजोर देखिएपछि बजेट घाटा मिलाउन उपमहानगरपालिकालाई कठिन देखिएको छ । वडा र नगरस्तरीय योजनाहरु कटौति गर्ने विषयमा वडाध्यक्षहरुबीच सहमति हुन नसक्दा समस्या भएको बताइएको छ । आज शुक्रबार दिउँसो १ बजेको समयमा हेटौँडा उपमहानगरपालिकाको सभा कक्षमै नगर सभाको आयोजना गरिएको छ ।

Exit mobile version