हेटौँडा : विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौँडा–१०, टिसिएनरोडका ४५ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले न्यौपानेलाई आइतबार दिउँसो २ बजेर २५ मिनेटको समयमा पक्राउ गरेको जनाएको छ । विद्युतीय कारोबार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतले वैशाख १५ गते उनी विरुद्ध पक्राउ अनुमति प्रदान गरेको थियो । न्यौपानेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
