हेटौंडा–५, पिप्लेमा निर्माणाधीन कभर्डहल ।

हेटौंडाः हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्डहलको निर्माणका लागि मकवानपुर जिल्ला फुटबल सङ्घका कोषाध्यक्ष अमृत लुङ्बा र लायन्स क्लब अफ सूर्योदय हेटौंडाले सहयोग गरेको छ ।

सहयोगी अमृत लुङ्बा ।

हेटौंडा–१३, पदमपोखरीस्थित पदमपोखरी युवा क्लबका अध्यक्ष समेत रहनुभएका लुङ्वाले १५ हजार रुपैयाँ सहयोग गर्नुभएको पिप्ले युवा क्लबका अध्यक्ष एवम् कभर्डहल निर्माणका अगुवा सुशील घिमिरेले जानकारी दिनुभएको छ ।

सहयोगी संस्था लायन्स क्लबका पदाधिकारीहरु ।

यस्तै लायन्स क्लब अफ सुर्योदय हेटौंडाले कभर्डहल निर्माणका लागि १० बोरा सिमेन्ट सहयोग गरेको छ । लायन्स क्लब अफ सूर्योदय हेटौंडाका अध्यक्ष किसन घिसिङ, लायन्स क्लबका रिजन चेयरपर्सन किशोर टण्डनलगायतको समूहले सहयोग उपलब्ध गराएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ ।