हेटौँडा : माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु भएको छ । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र पठाएपछि बुधबारबाट अनुमतिपत्र वितरण सुरु गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो ।

माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा बागमती प्रदेशबाट ५ हजार ४ सय ९३ जना उत्तीर्ण भएका छन् । गत कात्तिक २२ गते मकवानपुर र चितवनका विभिन्न परीक्षा केन्द्रहरुमा सञ्चालन भएको परीक्षामा १३ हजार ८ सयभन्दा बढी सहभागी भएका थिए ।

शिक्षक सेवा आयोगद्वारा लिइने अध्यापन अनुमतिपत्रको परीक्षामा सफल भएकाहरुलाई प्रत्येक प्रदेशको राजधानीस्थित शिक्षा विकास तथा समन्वय इकाईमार्फत अनुमतिपत्र वितरण गर्ने गरिएको छ ।