हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको रुपमा प्रथम पुरस्कार ५० हजार रुपैयाँको हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दैछ । १० कक्षासम्म अध्ययनरत विद्यार्थीको सहभागिता रहने प्रतियोगिता माघ ६ गते आयोजना हुनेछ ।

सिद्धार्थ माविको सिद्धार्थ बाल सञ्जालको आयोजनामा हुने हाजिरीजवाफ प्रतियोगितामा सामुदायिक र संस्थागत दुबै विद्यालयका विद्यार्थी सहभागी हुन सक्नेछन् । प्रतियोगितामा एउटा विद्यालयबाट १ छात्रासहित ३ जना विद्यार्थीको समूह सहभागी हुन पाउनेछन् । प्रतियोगिताको द्वितीय पुरस्कार २५ हजार रुपैयाँ, तृतीय पुरस्कार १५ हजार रुपैयाँ र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशी २ नम्बर वडा कार्यालयले प्रायोजन गरेको हो ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयले विविध कार्यक्रमको आयोजना गर्दैछ । स्वर्ण महोत्सव समारोहका लागि पूर्वविद्यार्थी, पूर्वशिक्षक, पूर्वकर्मचारी, सहयोगीले नगद सहयोग गरिरहेको छन् ।