हेटौँडा : हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यार्थीलाई नै सहयोग गरेका छन् । विद्यालयमा प्राथमिक तहमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीलाई कक्षा–१० मा अध्ययरनत विद्यार्थीले मंगलबार सहयोग गरेको विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभयो ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर १० थान स्वीटर सहयोग गरेका हुन् । यसैगरी नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष विकेशलाल श्रेष्ठले ३० थान स्वीटर उपलब्ध गराउनु भएको छ । विद्यालयका सहायक प्रधानाध्यापक डिबी बर्तौलाले पनि २ थान स्वीटर सहयोग गर्नुभएको प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभयो ।











