सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१२ रामदेल सामुदायिक वन क्षेत्रमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कालिमाटी घोल नजिक बस्ने ५६ वर्षीय बाबुकाजी क्षेत्री रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा वनमा घाँसदाउरा काट्नका गएका बाबुबाजीलाई अचानक गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो । मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि सरकारी अस्पताल भरतपुर लगिएको प्रहरीले जनाएको छ ।