Home मुख्य समाचार स्वर्ण महोत्सवका लागि प्रगति माविलाई १७ लाख सहयोग

स्वर्ण महोत्सवका लागि प्रगति माविलाई १७ लाख सहयोग

हेटौँडाः विद्यालयले आगामि माघमा मनाउने स्वर्ण महोत्सवका लागि १७ लाख सहयोग प्राप्त भएको छ । आगामी माघ ६ गतेदेखि ९ गतेसम्म विविध कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव (५० औँ वार्षिक उत्सव) मनाउने तय भएको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो ।


स्वर्ण जयन्ती समारोहलाई सफल बनाउन विद्यालयका पूर्वविद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूले विद्यालयलाई १७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीका अनुसार विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर स्मारिका प्रकाशन, स्र्वण स्तम्भ निमार्ण, विद्यालयको सस्थापका प्रअ स्व राधा देवी साहको प्रतिमा निमार्ण गर्नेछ । हालसम्म ११० जनाले सहयोग गर्नुभएको छ भने आउनेक्रम जारि रहेको प्रअको भनाई छ ।


स्वर्ण महोत्सव विद्यालयले पुस २६ र २७ गते जिल्लास्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी विधागत उत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।


यस्तै, माघ २ गते जिल्लास्तरीय शिक्षक सम्मेलन पनि हुनेछ भने ७ गते साहित्यिक सम्मेलन हुनेछ । महोत्सवको उद्धघाटन माघ ६ गते हुनेछ भने समापन ९ गते हुने प्रधानाध्यापक पराजुलीले जानकारी दिनुभयो । महोत्सव करिब २० लाख खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । विद्यालयलाई महोत्सवको पश्चात जम्मा भएको सहयोग रकम छात्र वृद्धि कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो । कोषको रकमबाट आएको ब्याजले गरिब, विपन्न, अभिभावक विहिन विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्ने उहाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल विद्यालयमा करिब एक जना यस्ता विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयलाई आगामि दिनमा टोल, विभिन्न संघसस्था, वडा लगाएतका स्थानबाट सहयोग प्राप्त हुने प्रअ पराजुलीले बताउनुभयो ।

Exit mobile version