Home मुख्य समाचार बालज्योति माविमा पूर्वविद्यार्थीको सहयोग

बालज्योति माविमा पूर्वविद्यार्थीको सहयोग

पूर्वविद्यार्थीको सहयोगपछि प्रशंसापत्र प्रदान गरिँदै ।

हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयबाट २०५५ सालमा एसएलसी उत्तीर्ण विद्यार्थीको समूहले विद्यालयलाई २० थान अग्नि नियन्त्रक सहयोग गरेको छ ।

शनिबार पूर्वविद्यार्थीको समूह विद्यालयमै पुगेर अग्नि नियन्त्रक हस्तान्तरण गरेको हो । बालज्योति मावि पूर्वविद्यार्थी संगठनका अध्यक्ष सुदीप ठकुरीसहित पूर्वविद्यार्थीले वडाध्यक्ष सुशील घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रनाथ पोखरेल, प्रधानाध्यापक भरत अर्यालको उपस्थितिमा विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो । विद्यालयको सामग्र विकासमा सहयोग गर्ने गरी केही समयअघि मात्रै बालज्योति माविमा सुदीप ठकुरीको अध्यक्षतामा पूर्वविद्यार्थी संगठन स्थापना गरिएको छ ।

Exit mobile version