हेटौंडाः हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफदी गाउँपालिका र मनहरी गाउँपालिकामा लगाइएको निषेधाज्ञा थप गरिएको छ । भाद्र ९ गतेसम्म लगाइएको निषेधाज्ञा अब भाद्र १५ गतेसम्म जारी रहने निर्णय जिल्ला सुरक्षा समितिले गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सुचना अधिकारी देवचन्द्र गत्तौलाले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाको सबै क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्गको ५ सय मिटर दाँया–बाँया क्षेत्रमा गत साउन २६ गतेदेखिे निषेधाज्ञा जारी छ । यस्तै थाहा नगरमा भाद्र २ गतेबाट र भीमफेदी गाउँपालिकामा भाद्र ४ गतेबाट भाद्र ९ गतेसम्मको लागि निषेधाज्ञा जारी छ । अबै चारै स्थानीय तहमा भाद्र १५ गतेसम्म निषेधाज्ञा जारी हुने भएको हो । यसैगरी मकवापनुरको इन्द्रसरोबर गाउँपालिकाको भने जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी नगरेको कारण थप हुने नहुने जानकारी नभएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सुचना अधिकारी गत्तौलाले बताउनुभयो ।