रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरिँदै ।

हेटौँडा : हेटौँडा–७ स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम भएको छ । संस्थाको २७औं स्थापना दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा ९ जना महिला र ११ जना पुरुष गरी २० जनाले रक्तदान गरेका छन् ।

सहकारीको कार्यालय परिसरमा भएको कार्यक्रममा अध्यक्ष इन्द्रबहादुर बस्नेतले ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । कार्यक्रमममा संस्थाका उपाध्यक्ष विजय बहादुर बस्नेत, कोषाध्यक्ष पार्वती भट्ट, पूर्व व्यवस्थापक रामशरण गौतम, कामु प्रबन्धक रीता पौडेलको उपस्थिति रहेको थियो । सहकारीले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा संस्थाले रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । २०५६ सालमा स्थापित सहकारी संस्थामा हाल ७ हजार ३ सय शेयर सदस्य आबद्ध छन् ।