व्याख्या लामो बन्न सक्छ र यो कति लामो बनाउने विश्लेषकहरुमा भर पर्दछ । नेपालमा कोरोना महामारीको प्रवेशदेखि हालसम्मको परीक्षण, सङ्क्रमण, निको हुने दर तथा मृत्युको अवस्थाले यो महामारीको परिणाम अनुमान गर्न सकिन्छ ।

रमेशप्रसाद लामिछाने, प्रधानाध्यापक
वंशगोपाल मावि


१) २०७६ साल माघ १० गते नेपालमा पहिलो कोरोना भाईरस सङ्क्रमित व्यक्ति पहिचान भएको थियो । नेपाल सरकारले मिति २०७६ साल चैत्र ११ गतेबाट लागु हुने गरी एक साताको लागि राष्ट्रव्यापी लकडाउन घोषणा गर्‍यो । दोस्रो पटक चैत्र १९ देखि २५ गतेसम्म त्यसैगरी तेस्रो पटक चैत्र २६ गतेदेखि २०७७ वैशाख ३ गतेसम्म चौथो पटक ४ वैशाखदेखि १५ गतेसम्म र पाँचौं पटक १६ वैशाखदेखि २५ गते अनि छैठौं पटक २६ वैशाखदेखि ५ जेठसम्म यस्तैगरी नवौं पटकमा २०७७ श्रावण ६ गतेसम्म लकडाउन कायम गरियो । तत्पश्चात सङ्क्रमणको स्थितिलाई हेरेर सम्बन्धित स्थानीय तहले निर्णय लिने र प्रमुख जिल्ला अधिकारीले लकडाउन, सटडाउन र कफ्र्यु समेत घोषणा गर्ने गरी अधिकार दिइयो ।
२) २०७७ वैशाख १४ गतेसम्म ५१०० व्यक्तिको आरडीटी परिक्षण भएकोमा ५१ जना कोरोना सङ्क्रमित मध्ये १६ जना निको भएर घर फर्किसकेको भनियो ।
३) २०७७ वैशाख ३० गतेसम्ममा २५८ जनामा सङ्क्रमण देखिएकोमा ३३ जना निको भैसकेको र पीसीआर परीक्षण ५०८४ जनाको गरिएको थियो ।
४) २०७७ जेठ ३ गते लकडाउनको ५४ औं दिनसम्म पिसिआर परीक्षण २३,९३२ जनाको भएकोमा २७३ जनामा सङ्क्रमण देखिएको र ३६ जना निको भएको तथा यसै दिन काभ्रे धुलिखेलको १ जना सुत्केरी महिलाको कोरोना भाईरसका कारणले नेपालमा पहिलो मृत्यु घोषणा गरिएको थियो । जेठ ४ गते बाँकेका अर्का २५ वर्षीय पुरुषको पनि कोरोनाकै कारणले मृत्यु भएको घोषणा गरियो ।
५) २०७७ जेठ ६ गतेसम्ममा देशको ३४ जिल्लामा कोभिड–१९ फैलिएको । पिसिआर परीक्षण ३२,६०४ जनामा गरिएको र सङ्क्रमित ४०२ मध्ये ३७ जना निको भएको तथ्याङ्क बाहिर आयो । जेठ ८ गते गुल्मीका १ शिक्षक पनि कोरोनाकै कारणले मृत्यु भएको समेत जम्मा मृत्यु ३ पुग्यो ।
६) लकडाउनको ६३ औं दिन २०७७ जेठ १२ गतेसम्ममा पिसिआर परीक्षण ४८,८८७ गरिएकोमा ६८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र १२२ जना निको भैसकेको तथा ४ जनाको मृत्यु भएको थियो ।
७) लकडाउनको ७३ औं दिन २०७७ जेठ २२ गतेसम्ममा पिसिआर परीक्षण ८४,१३४ गरिएकोमा २,६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र २९० जना निको भैसकेको तथा १० जनाको मृत्यु भएको थियो ।
८) लकडाउनको ७८ औं दिन २०७७ जेठ २७ गतेसम्ममा पिसिआर परीक्षण १,०६,३३१ गरिएकोमा ४,०८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ५८४ जना निको भइसकेको तथा १५ जनाको मृत्यु हुनाको साथै यो मितिसम्ममा देशको ७२ जिल्लामा कोरोना फैलिएको थियो ।
९) लकडाउनको ८४ औं दिन २०७७ असार १ गतेसम्ममा पिसिआर परीक्षण १,३८,३८३ गरिएकोमा ६,२११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र १,०४१ जना निको भइसकेको तथा १९ जनाको मृत्यु हुनाको साथै यो मितिसम्ममा विश्वमा कोरोना सङ्क्रमणको प्रभावका आधारमा तयार पारिएको सूचीमा नेपाल ७१ औं स्थानमा रहेको थियो ।
१०) लकडाउनको ९० औं दिन २०७७ असार ७ गतेसम्ममा पिसिआर परीक्षण १,६९,१६५ गरिएकोमा ९,०२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र १,७७२ जना निको भइसकेको तथा २३ जनाको मृत्यु हुनाको साथै यो मितिसम्ममा देशको ७५ जिल्लामा सङ्क्रमण फैलिएको थियो ।
११) लकडाउनको १०० औं दिन २०७७ असार १७ गतेसम्ममा पिसिआर परीक्षण २,२३,६३० गरिएकोमा १४,०४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ४,६५६ जना निको भइसकेको तथा ३० जनाको मृत्यु हुनाको साथै यो मितिमा विश्वमा कोरोना सङ्क्रमणको प्रभावका आधारमा नेपाल ६० औं स्थानमा रहेको थियो ।
१२) लकडाउनको ११० औं दिन २०७७ असार २७ गतेसम्ममा पिसिआर परीक्षण २,७९,५७९ गरिएकोमा १६,७१९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ८,४४२ जना निको भइसकेको तथा यो मितिसम्ममा ३८ जनाको मृत्यु भएको थियो ।
१३) लकडाउनको ११५ औं दिन २०७७ श्रावण १ गतेसम्ममा पिसिआर परीक्षण २,९८,८२९ गरिएकोमा १७,३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ११,२४९ जना निको भैसकेको तथा यो मितिसम्ममा ३९ जनाको मृत्यु भएको थियो । साथै यो मितिमा विश्वमा कोरोना संक्रमणको प्रभावका आधारमा नेपाल ६१ औं स्थानमा रहेको थियो ।
१४) लकडाउनको १२० औं दिन २०७७ श्रावण ६ गतेसम्ममा पिसिआर परीक्षण ३,२३,८३५ गरिएकोमा १७,९९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र १२,४७७ जना निको भइसकेको तथा यो मितिसम्ममा ४० जनाको मृत्यु भएको थियो । साथै नेपाल सरकारले यसै दिनको मध्यरातबाट लकडाउन अन्त्यको घोषणा गरेको हो ।
१५) कोरोना कहरको लकडाउनबाट १३० औं दिन २०७७ श्रावण १६ गतेसम्ममा पिसिआर परीक्षण ३,७५,४१६ गरिएकोमा १९,७७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र १४,३९९ जना निको भैसकेको तथा यो मितिसम्ममा ५६ जनाको मृत्यु भएको थियो ।
१६) कोरोना कहरको लकडाउनबाट १३६ औं दिन २०७७ श्रावण २२ गतेसम्ममा पिसिआर परीक्षण ४,१९,५७५ गरिएकोमा २१,७५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र १५,३८९ जना निको भैसकेको तथा यो मितिसम्ममा ६५ जनाको मृत्यु भएको थियो ।
१७) कोरोना कहरको लकडाउनबाट १४४ औं दिन २०७७ श्रावण ३० गतेसम्ममा पिसिआर परीक्षण ४,९४,६१३ गरिएकोमा २५,५३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र १७,०७७ जना निको भइसकेको तथा यो मितिसम्ममा १०० जनाको मृत्यु भएको थियो ।
१८) कोरोना कहरको लकडाउनबाट १४७ औं दिन २०७७ भाद्र १ गतेसम्ममा पिसिआर परीक्षण ५,२९,४२७ जनाको गरिएकोमा २७,२४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र १७,४९५ जना निको भइसकेको तथा यो मितिसम्ममा १०७ जनाको मृत्यु भएको थियो ।
१९) कोरोना कहरको लकडाउनबाट १५१ औं दिन २०७७ भाद्र ५ गतेसम्ममा पिसिआर परीक्षण ५,७९,८९९ जनाको गरिएकोमा ३०,४८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र १८,२१४ जना निको भइसकेको तथा यो मिति सम्ममा १३७ जनाको मृत्यु भएको थियो ।