हेटौँडा : धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–९ स्याउलेस्थित खोल्सामा एक पुरुषको शव सडिगलेको अवस्थामा फेला परेको छ । आइतबार बिहान ११ बजेर १५ मिनेटको समयमा त्रिभुवन राजपथबाट ३ सय मिटर तल खोल्सामा काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–४ सितापाइलाका ३२ वर्षीय तेन्जिन गुरुङ मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मुचुल्का पश्चात शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल, काठमाडौं लगिएको थियो । उनका बुबा कर्म गुरुङका अनुसार उनि ८ दिनअघि घरबाट हराएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











