नेकपा एमालेको ११ औ महाधिवेशन भव्य र उत्साहजनक ढंगले सम्पन्न भएको छ । एमालेमा आई लभ यू केपि बा भन्ने नारा फेरि गुन्जाएमान हुने देखिन्छ । भारि मतले बिजयी भएका केपि
ओलिको एमाले पार्टी भित्र एकमना वर्चस्व देखियो । जेन्जि आन्दोलन पछि बदलिदो राजनिति परिस्थितिमा सम्पन्न एमाले पार्टी महाधिवेशनको सन्देश राष्ट्रिय राजनितिमा अर्थपुर्णरूपमा हेरिएको छ । एमालेको महाधिबेशनले पार्टि परिवर्तनको दिशामा अघि बढने भन्दापनि यथास्थितिमा टक्क अडिएको देखियो ।

तात्कालिन सरकार प्रमुखको जिम्मेवारि रहदा भाद्र २३्२४को जेन्जि आन्दोलनबाट अपूरणीय क्षति भएको जनघनको कुनै हिसाबले पनि नैतिक जिम्मेवारी सम्म नलिएका ओलिका पछिल्ला कदम
सार्है अलोकप्रिय थिए।आन्दोलनबाट बिस्थापित भएर हेटिकाप्टर चढेर सेनाको शरणमा पुगेका ओलि, शुसिला कार्किको सरकार बनेपछि महेश बस्नेतको संरक्षणमा गुण्डुमा बस्दै आएका थिए । यिन्ले आन्दोलनको मर्म र भावनालाई कहिल्यै आत्मासात गरेनन उल्टै कहिले जेन्जिहरुलाई केटाकेटि भनेर होच्याए, बर्तमान सरकारको उछित्तो काढने काम गरिरहे, बयान दिन जान्न भन्दै सरकारलाई घम्काउदै आएका छन।पार्टी भित्र पनि यिन्को आलोचना हुदै आएको थियो । जेन्जि आन्दोलन पछि भष्टाचार शुसासन र पुस्तातरणको बिषय जोडबलले उठयो । खासगरि केपि, प्रचणड, शेरवहादुरहरूले राजनिति सन्यास लिनुपर्छ भन्ने आवाज मुखरित भयो । आन्दोलनकोरापतापमा यि शिर्षनेताहरु अब अभिभावकको भुमिका रहन्छ कि जस्तो देखियको थियो । प्रचण्ड शेरबहादुरले त्याग देखायको हो कि जस्तो केहि समय देखियो तर प्रकारान्तरले यि शिर्ष कोहि राजनितिबाट रिटायर्ड हुन खोजेनन् । अहिले सुनिदैछ शेरवहादुर डढेलघुराबाट चुनाव लड्ने तयारिमा छन,प्रचण्ड सारा साना पार्टी समेटेर नेपालि कम्युनिष्ट पार्टिका नेता भएका छन भने केपि ओलिले अन्तरपार्टि प्रतिस्प्रर्धामा नया नेतुत्व हुनुपर्छ,जेन्जि आन्दोलनको भावना बमोजिम पार्टि अघि बढनुपर्छ भन्नेहरूलाई पराजित गर्दै नेतृत्वमा सानदारढंगले स्थापित भए ।

७६जना युवा बिधार्थिको निर्ममतापूर्वक हत्याका आरोपित ओलिले यति भारि मतले अध्यक्षमा बिजयि हुनुले एमाले पार्टिका कार्यकर्ता यथास्थिति नै चाहन्छन भन्ने देखियो।तसर्थ एमाले कार्यकर्ता आगामि निर्वाचनमा जनतासंग कसरि सामना गर्छन त्यो हेर्न बाँकि छ । परिवर्तित समयमा पनि एउटा नेतालाई यो ढंगको देवत्करणले उस्लाई तानाशाह बनाउन मद्दत पुग्छ नै । यहि पृष्ठभुमिमा भाद्र २३/२४ को आन्दोलन र त्यहि आन्दोलनको जगमा खडा भएको शुसिला कार्किको सरकार माथि ओलिले निरन्तर प्रहार गर्दे फागुन २१ गते हुने आम निर्वाचनलाई समेत चुनौति दिँदै आएका छन् । कार्यकर्ताको ताजा अभिमतबाट अध्यक्ष भएका केपि ओलि नेतृत्वको एमालेले अब संसद पुर्नस्थापनाको मागलाई अझ बढि तिब्र ढंगले उठाउने छ । सडक र अदालति दुबै लडाई अब एमालेको प्रमुख कार्यभार हुने भएको छ । यस सम्बन्धमा केहि समयअघि केपि ओलिले शेरवाहादुरसंग परामर्श गरिसकेका छन् । कांग्रेस केन्द्रिय समितिले फागुन २१ को निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । तर शेरवहादुरका निकटस्थ केहि मानिसले व्यक्तिगत भन्दै संसद पुर्नस्थापनाको रिट दायर गरेका छन् । यसले भावि राजनिति अझ अन्यौल र अराजकताको बाटोमा जाने सम्भाबना प्रबल छ ।

महाधिवेशनबाट पार्टि अध्यक्षमा शक्तिशालि भएर निस्केका ओलिलाई आज भोलि नै गौरिबहादुर कार्की आयोगले बयानको लागि बोलाउने तयारि थालेको छ । सरकार पनि तयारिका साथ कठोर ढंगले प्रस्तुत हुने देखिन्छ । महाधिवेशनबाट निर्वाचित भएपछि केपि ओलिले कार्यकर्तालाई सम्बोधन गर्दै भने..तपाईँहरूलाई भन्न चाहन्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार।यो सरकार प्रति असहिष्णू रहेका ओलि निर्वाचीत भएससंगै अझ यो सरकार प्रति कठोर देखिएका छन् । सरकार पनि कानुनसम्मत ढ्गले अघि बढदैछ । यसै क्रममा आयोगले पनि समय लगाएर कानुनि प्रकृया मिलाएर अघिबढन खोजेको छ, जेन्जि आन्दोलनको सन्द्रर्भमा बंगलादेशको घटनालाई उदाहरण रुपमा लिने गरिन्छ । बंगलादेशमा शेखहसिनालाई त्यहाको अदालतले मृत्युदण्डको सजाय सुनायको थियो । सरकार प्रमुख भएको नाताले आन्दोलनमा भएका घटनाबाट मुक्ती पाईदैन, बिगतमा ०६२/६३ को आन्दोलनपछि आन्दोलनका क्रममा भएको १९ जनाको मृत्यु र क्षतिको दोषी खोज्ने क्रम तदारुकताका साथ भएको थियो । त्यतीबेला रायमाझी आयोग बन्यो । तत्कालीन सरकारका मन्त्रीहरुलाई समेत छानबीन आयोगमा बयानका लागि बोलाइएको थियो । आयोगले तत्कालीन गृहमन्त्री कमल थापालाई बोलायो । थापाले राजाबाट समेत मानवीय क्षति नहोस् भन्ने सदिच्छा राखिबक्सेको र त्यसै अनुरुपको निर्देशन बक्सेको हो, तथापि शान्ति सुरक्षा कायम राख्ने र स्थितिलाई नियन्त्रणमा लिने क्रममा क्षति हुन गयो । गृहमन्त्रीको रुपमा लिनुपर्ने जिम्मेवारी म लिन्छु भनेर आयोगलाई बयान दिनुभयो । उहाँलाई झण्डै ३ महिना हिरासतमा राख्ने काम भयो । भदौ २३ र २४ गते अकल्पनीय मानवीय क्षति, सयौंको संख्यामा घाइते र अर्बौंको भौतिक सम्पत्ति ध्वस्त भएको, महत्वपूर्ण सरकारी, निजी र व्यवसायिक संरचनाहरु निमेषभर मै खरानी भएको ३ महिनाभन्दा बढी समय भइसक्यो । आयोग पनि बनेको छ तर जिम्मेवारी लिने र दोषी पहिचान गर्ने काम अझै हुन सकिरहेको छैन् । यस क्रममा शनैःशनै आन्दोलनको राप÷ताप शिथिल हुदैछ ।

राजनीतिक दलहरू पूर्नजार्गीत, पूर्नगठन, धूर्बिकरण, एकता, नया नेतृत्व, महाधिवेशन हुदै राष्टिय राजनीतिमा आफुलाई नया ढंगबाट स्थापित हुन उद्दत्त छन् । यसै क्रममा एमालेले पार्टिको महाधिवेशन मार्फत आफूलाई लोकतन्त्रको रक्षा गर्ने दलकोरूपमा खडा गरेको छ । तर त्यहा भित्र अन्तरपार्टि शंघर्षमा नेतृत्वको आलोचना गर्ने, बिकृतिको बिरूद्ध बोल्ने, लोकतन्त्रको आवाज मुखरित गर्ने, परिवर्तनको चाहना राख्ने बिन्दापाण्डे, उषाकिरण, गोकुल बास्कोटाहरू पराजित भए, बाहुबलि महेश बस्नेतहरू लोकप्रिय देखिए । एमाले अब केपि ओलिको नेतृत्वमा एकढंगले अघिबढने देखियो यो नेतृत्वलाई पार्टि भित्र चुनौति दिने अब कोहि देखिदैन।तर ठुलो जनमतले के चाहन्छ त्यो परिक्षामा खरो उत्रन बाँकि नै छ । पार्टी भित्रको १६०० मतले निर्वाचित भएर आउनु र जनताको बिचबाट अनुमोदित भयर आउनु फरक बिषय हो।आउने चुनावमा पुराना दलहरूको अबस्था के हुन्छ हेर्न बाँकी छ । आफूलाई आठलाख दशलाख सक्रिय सदस्य भएको पार्टी भनेर दाबि गर्ने यि पार्टीको हैसियत जेन्जि आन्दोलनमा देखीयो । नेताहरूको घर जलिराखेको छ खोई कार्यकर्ता,घरमै मानिस पिट्न आएका छन खोई बचाउने तरूण दल, युवासंध खोई,सेनाको बुद्धिमत्ता निर्णयले देश जोगिएको यथार्थ सबैको सामु छर्लङ्ग छ । तसर्थ ईतिहासका निर्माता जनता हुन् । जनताले आगामि चुनावमा यि सबै मूल्याङकन गरेर आफ्नो अभिमत दिने छन् । त्यो नै ठुलो परिक्षा हो । केपि प्रचण्ड, शेरवहादुरहरूलाई जनताले नै निर्वाचन मार्फत भन्ने हो अब बिश्राम लिनुस नयाँ पुस्तालाई अघि बढाउनुस भनेर तसर्थ जनताको जागरूकता, देशको भविष्य हिजोको ईतिहासलाई साक्षि राखेर देशलाई बदल्नु आवश्यक छ । भष्टाचार शुसासनको प्रत्याभुति दिने अनुहारहरू पुराना पार्टिमा थोरै छन तिन्लाई भष्टाचारीले दवाएर राखेका छन् । नयाँ बैकल्पिक शक्तिहरूमा पनि काम गर्ने क्षमता प्रशस्त छ।राम्रालाई छान्ने परिपाटी अब पनि शुरू गर्न सकिएन भने देश भडखालोमा जान्छ । तसर्थ आम निर्वाचन नै दलहरुको लागि अग्नि परिक्षा हो । फागुन २१ को निर्वाचनबाट मुलुक लयमा फर्किन्छ, यो निर्वाचनको बातावरण बनाउ,अन्यथा मुलुक सम्बैधानिक संकटमा झन भासिदै जान्छ, राजनितिक नियन्त्रण भन्दा बाहिर जान्छ तसर्थ चुनावमा सबै शक्ति लागौ, मुलुकलाई निकास दिउँ । अस्तू ।।