Home मुख्य समाचार काँग्रेस जनप्रतिनिधि र वडा सभापतिहरु सम्मानित

काँग्रेस जनप्रतिनिधि र वडा सभापतिहरु सम्मानित

नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्तौलालाई सम्मान गर्नुहुँदै मुख्यमन्त्री बानियाँ ।

हेटौँडा : नेपाली काँग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र वडा सभापतिहरुलाई सम्मान गरेको छ । शनिबार मनहरीमा एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टी बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाले सम्मान गर्नुभयो ।

नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैलाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको तर्फबाट मनहरी गाउँपालिका अध्यक्ष निर्वाचित रन्जन कालाखेतीसहित ६ जना वडाध्यक्ष र ९ वटै वडाका पार्टी सभापतिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामालाई पनि सम्मान गरिएको थियो । पार्टीका पालिकास्तरीय नेता कार्यकर्ताको भेलाका साथै पार्टीको गतिविधिबारे समीक्षासमेत गरिएको थियो । पार्टीको आगामी महाधिवेशन सफल बनाउनेबारे पनि छलफल भएको थियो ।

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने १० जनालाई स्वागत गरिएको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश समिति सदस्य एवम् बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, पार्टी प्रदेश सदस्य जानकी लामा, जानुका लामा, चम्फुरत्न लामा, नवराज उप्रेती, प्रदिप कोइराला, पार्टी जिल्ला सचिव भीमसेन महत, ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने, मकवानपुर क्षेत्र नम्बर २ (ख) सभापति एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, महासमिति सदस्य प्रभात दाहाल, राजेश भेटवाल, भरत लामा, लोकतान्त्रिक आदिवासी जनजाति संघका अध्यक्ष पदम तितुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री बानियाँले मनहरीस्थित मनकामना मन्दिर संरक्षण र पुनर्निर्माणका लागि मन्दिर व्यवस्थापन समितिलाई व्यक्तिगत रुपमा नगद ७५ हजार रुपैयाँ सहयोगसमेत गर्नुभएको छ ।

Exit mobile version