Home मुख्य समाचार रुखबाट लडेर राक्सिराङका लामाको मृत्यु

रुखबाट लडेर राक्सिराङका लामाको मृत्यु

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–७, लामाटोलमा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई हाल लामा टोलस्थित काका डिसा लामाको घरमा बस्ने ३५ वर्षीय सुरेश लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मंगलबार बिहान ८ बजेर ५० मिनेटको समयमा मनकामना सामुदायिक वनमा साजको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट ३० फिट तल खसेर उनी गम्भीर घाइते भएका थिए ।

घाइते लामालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याएकोमा बिहान १० बजेर २५ मिनेटको समयमा प्रारम्भिक जाँच पश्चात चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । शव हाल हेटौँडा अस्पतालमै रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version